loader image

Laxmi laghubitta

एघारौं बार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज मिति २०७९ फागुन २९ गते सोमवार संचालक समितिका अध्यक्ष श्री जीवन प्रकाश लिम्बुज्यूको अध्यक्षतामा एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ

एघारौं बार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजी रु.३८ करोड ४० लाख ५४ हजारको ५ प्रतिशत नगद लाभांश ( कर समेत ) र १५ प्रतिशत वोनश शेयर गरि कूल २० प्रतिशत लाभांश पारित गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ४४ करोड १६ लाख ६२ हजार १ सय पुग्नेछ ।

सभाबाट संचालक समितिमा समूह “ख” सर्वसाधारण शेयरवालाको प्रतिनिधित्व गर्ने संचालक पदमा २ जना डा.गणेश भट्टराई र श्रीमति सविना उपाध्याय पुनः निर्विरोध निर्वाचित हुनु भएको छ । साथै, अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती ९ब्अत्रगष्कष्तष्यल० गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका ब्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लाई समेत निरन्तरता प्रदान गरेको छ ।