
उक्त तालिम २०७९ जेष्ठ २८ र २९ गते गरी २ दिन सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २५ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।
तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै संस्थाका नायव महाप्रबन्धक श्री सुन्दर प्रसाद श्रेष्ठ ज्युले “ तालिमलाई तालिममा मात्र सिमित नराखी आफ्नो सीप र क्षमतालाई व्यवहारमा उतार्दै सफल उद्यमी बनी अन्य सदस्यहरुलाई पनि उद्यमशिलता प्रति प्ररेणाको स्रोत बन्नुपर्ने बताउनु भएको थियो ” ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।