


लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बाह्रौ वार्षिक उत्सव भव्यताका साथ केन्द्रीय कार्यालय तथा शाखाहरुमा मनाएको छ । २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भै विधिवत रुपमा यस कम्पनीको स्थापना भएको थियो ।
वार्षिकोत्सवको यस सुखद अवसरमा संस्थाले प्रदान गरेका लघुवित्त कार्यक्रम मार्फत ग्राहक सदस्यको जीवनमा भएका सकारात्मक परिवर्तनका कथा तथा समसामयिक विषयवस्तु समेटिएको “लक्ष्मी स्मारिका २०७९ ” संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री जीवन प्रकाश लिम्बु तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।
स्थापना दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने उद्धेश्यले शाखामा ग्राहक÷अभिभावक तथा विद्यार्थीहरुलाई वित्तीय÷डिजिटल साक्षरता, रक्तदान कार्यक्रम, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण, अनाथालयमा फलफूल, खाद्यान्न तथा झुल, सामाजिक अभियन्ताहरुको सहकार्यमा सरसफाइ संगै फोहोर संकलन सामग्री वितरणका कार्यक्रमहरु गरिएको थियो ।
यसै अवसरमा केन्द्रीय कार्यालयद्धारा समेत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । साथै, काठमाण्डौको नागार्जुन न.पा.–०१ रानीवन स्थित मानव सेवा आश्रम मा सामजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामाग्रीहरु उपलब्ध गराएको थियो ।
बाह्रौं बार्षिकोत्सवलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश राज शर्मा तथा संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री जीवन प्रकाश लिम्बुले स्वागत मन्तव्यमा संयुक्त रुपमा हार्दिक बधाई तथा संस्थाको उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्नुभएको थियो ।
संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १,०५,८८६ ग्राहक सदस्यहरुलाई प्रत्यक्ष वित्तीय सेवा पु¥याएको छ । प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै प्रविधी मैत्री कार्यक्रम÷सेवाहरु विस्तार गर्ने मुलभूत उद्धेश्य सहित अगाडी बढिरहेको छ ।