loader image

Laxmi laghubitta

लक्ष्मी लघुवित्तद्धारा कृषक ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान

यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मोरङ जिल्लाको दाम्राभिट्टा शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेती प्रदान गरेको छ । मिति २०७९ /०५ /२४ गते देखि २०७९ /०५ /२५ गते २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ३७ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए ।

तालिम उद्धाटन कार्यक्रम मा बोल्दै रतुवामाई नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुण्य बहादुर कार्कीले “तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पु¥याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गर्नुभएको थियो ।” तालिमको सहजीकरण रतुवामाई नगरपालिका अन्र्तगतका कृषि प्राविधिकहरु श्री तारा देव राई, श्री सन्जु तामाङ र प्रशु राम मण्डलहरुले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।