loader image

Laxmi laghubitta

धनगढीमा कर्मचारीहरुलाई ट्यावलेट तालिम

लक्ष्मी लघुवित्तको डिजिटाइजेसनको यात्रालाई सशक्त रुपमा अगाडी बढाउन कैलालीको धनगढीमा मिति २०७८ कार्तिक २७ गते ट्यावलेट सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त तालिममा आठ वटा शाखाका ३१ जना कर्मचारीलाई सहभागी गराइएको थियो ।

तालिममा ग्राहक सदस्यहरुलाई लक्षित लक्ष्मी लघुवित्तको मोवाइल एप सञ्चालन पद्धतीबारे समेत कर्मचारीहरुलाई सिकाइएको थियो । तालिमलाई केन्द्रीय कार्यालयका आइटी विभाग प्रमुख श्री विवेक घिमिरे र सञ्चालन विभाग प्रमुख श्री माधव प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।