loader image

Laxmi laghubitta

नव नियुक्त कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम


कर्मचारी छनौट तथा भर्ना प्रक्रिया अन्तर्गत बाह्य विज्ञापनको परीक्षामा उत्तीर्ण भएका नव नियुक्त २८ जना सहायक प्रशिक्षार्थी कर्मचारीहरुलाई शाखामा पदस्थापना गर्ने उद्धेश्यले मिति २०७९/०१/१३ गते १ दिन काठमाण्डौंमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

कर्मचारीहरुलाई संस्थाको संस्कृति, वस्तु तथा सेवा, कर्मचारी सेवा सुविधा, कर्मचारीहरुको काम कर्तव्य तथा लघुवित्त सम्बन्धी कार्यप्रक्रियाको बारेमा सिकाइएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश राज शर्माले नव नियुक्त कर्मचारीहरुलाई स्वागत तथा बधाई दिदै नेपालमा लघुवित्तले सामाजिक र वित्तीय मध्यस्थकर्ताको रुपमा काम गरिरहेको सन्दर्भमा संस्थाको उद्धेश्य पुरा गर्न दत्तचित्त भई काम गर्न मार्गदर्शन प्रदान गर्नुभएको थियो ।

यस संस्थालाई उपयुक्त कर्मचारीको वृत्ति विकासको थलो बनाउन नयाँ कर्मचारीको समेत योगदान आवश्यक पर्ने र ग्राहक सन्तुष्टीलाई मुख्य केन्द्रविन्दुमा राखी कार्यक्रम सञ्चालनमा लाग्नु पर्ने बारे उपस्थित सम्पूर्णलाई थप उर्जा प्रदान गर्नु भएको थियो ।